काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले प्रतिनिधिसभाको बैठक लामो समयसम्म स्थगित गरिनुको औचित्यमाथि प्रश्न उठाएकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सदनको गतिरोध अन्त्य गर्न संवादको वातावरण बनाउने, राजनीतिक सहमति खोज्ने र संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्य नै नभएको भए पाँच दिनसम्म बैठक स्थगित गर्नुको वास्तविक कारण के थियो