काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा पुनः रामेश्वर गजुरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि समेत सानदार मतसहित गजुरेल निर्वाचित भएका हुन् । प्रथम जिल्ला अधिवेशन सर्वसम्मतको प्रयास गरिएको थियो । तर अन्य व्यक्तिहरु समेत आकांक्षी देखिएपछि शनिबार नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । ३२५