काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशअन्तर्गत १३ जिल्लामध्ये हालसम्म नौ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । सम्पन्न भएका जिल्लामा नयाँ जिल्ला सभापति चयन भएका छन् । रास्वपाका अनुसार तीन जिल्लाको अधिवेशन आइतबार हुदैँछ । आइतबार अधिवेशन हुने जिल्लामा चितवन, रसुवा र ललितपुर रहेका छन् । त्यस्तै सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन विविध कारणले स्थगित गरिएको जनाइएको छ । यी हुन नौ जिल्लामा निर्वाचित जिल्ला सभापति काठमाडौँ–राजा शाक्य भक्तपुर–रामेश्वर बस्नेत काभ्रेपलान्चोक–प्रवीण ढकाल सिन्धुली–अविनाश बस्नेत रामेछाप–रमेश रायमाझी दोलखा–दिनेश बस्नेत नुवाकोट–रामेश्वर गजुरेल धादिङ–राजन अर्याल मकवानपुर–सञ्जीव पाठक