काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधि नेपालको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा डिजिटल रूपान्तरणका प्रमुख आधार बन्न सक्ने बताउनुभएको छ। कास्कीको पोखरामा सूचना प्रविधिमा आधारित कम्पनी ‘टेक पाईला’को उद्घाटन गर्दै मल्लले विश्व तीव्र गतिमा एआई केन्द्रित अर्थतन्त्रतर्फ अघि बढिरहेको अवस्थामा नेपालले पनि समयमै आवश्यक पूर्वाधार, अनुसन्धान, दक्ष जनशक्ति उत्पादन र नीतिगत सहयोगमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले नेपालसँग युवा जनशक्ति, प्रतिभा र सम्भावना प्रशस्त रहेको उल्लेख गर्दै सही नीति र लगानीमार्फत सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन सकिने धारणा व्यक्त ... The post युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल appeared first on Kalika Khabar.