काठमाडौं । कलाकार (धुर्मुस)ले न्याय पाउने आशासहित मातृभूमि फर्किएको बताएका छन्। केही समयदेखि अमेरिकामा रहँदै आएका उनले सामाजिक सञ्जालमार्फत आफ्ना भावना सार्वजनिक गर्दै न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल विश्वासका साथ स्वदेश फर्किएको उल्लेख गरेका हुन्। कट्टेलले आफ्नो मातृभूमिको आँगनमा फर्किन पाउँदा आत्मीय अनुभूति भएको बताउँदै न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख–दुःख साट्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा उनले जीवनका विभिन्न उतारचढावका क्रममा प्राप्त भएका घाउहरू आफ्नै देशको माया, आत्मीयता र साथले निको पार्ने आशा राखेको पनि उल्लेख गरेका छन्। धुर्मुसको यस अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा ... The post न्याय पाउने आशासहित स्वदेश फर्किए धुर्मुस appeared first on Kalika Khabar.