अमेरिकाले दियो इरानका खेलाडीलाई भिसा

  • आइबार​ २४ जेठ २०८३ ११:५९ AM
न्युयोर्क : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको इरानको फुटबल टोलीले अमेरिकाको भिसा पाएको छ। अमेरिकी अधिकारीहरूले फिफा विश्वकपका लागि इरानका खेलाडी तथा अफिसियललाई अमेरिका प्रवेशको भिसा उपलब्ध गराएको जनाएको छ। इरानका खेलाडीले फिफा विश्वकप उद्घाटन हुनुभन्दा १० दिनअघि मात्रै भिसा पाएका हुन्। अमेरिकी अधिकारीहरूले जारी गरेको एक वक्तव्यमा विश्वकपका लागि खेलाडी र केही अफिसियललाई भिसा दिएको जनाउँदै विश्वकपका नाममा कुनै आतंकवादीलाई अमेरिका प्रवेश गर्न नदिने बताएका छ