काठमाडौं : एसियन गेम्स छनोट अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले ओमानलाई सस्तैमा रोकेको छ। सिङ्गापुरको सिंगा ओभलमा टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रन बनाउँदै अल आउट भएको हो।फाइनल पुग्नको लागि ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ। ओमानविरुद्ध नेपालका बलरले निकै राम्रो प्रदर्शन गरे। करण केसी र सन्दीप लामिछानेको घातक बलिङमा ओमान सस्तैमा समेटियो। ओमानका लागि ब्याटिङतर्फ कप्तान सुफ्यान महमुदले सर्वाधिक ३८ रन बनाए। एक तर्फबाट विकेट गइरहँदा उनले भने ओमानको पारी सम्हाल्ने कोसिस गरेक