लेबनानमा इजरायली आक्रमण : उच्च सैन्य अधिकारीसहित १२ जनाको मृत्यु

  • आइबार​ २४ जेठ २०८३ ११:५९ AM
इजरायल : अमेरिकाको मध्यस्थतामा भएको सशर्त युद्धविराम सम्झौताको केही दिनपछि दक्षिणी लेबनानमा इजरायलले गरेका आक्रमणहरूमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । मृतकमध्ये लेबनानी सेनाका उच्च पदस्थ अधिकारीहरू पनि रहेका छन् ।लेबनानी सेनाका अनुसार खार्दाली–नाबातियेह सडकमा सैन्य सवारीसाधनमाथि भएको इजरायली आक्रमणमा एक ब्रिगेडियर जनरल, एक क्याप्टेन र एक सैनिकको ज्यान गएको हो । इजरायली सेनाले उक्त आक्रमण ‘सक्रिय युद्ध क्षेत्र’ मा भएको बताउँदै त्यहाँ हुने कुनै पनि गतिविधिका लागि आफूहरूसँग समन्व