वेस्ट बैंकमा इजरायली बस्ती बासिन्दाद्वारा आक्रमण, ९ प्यालेस्टिनी घाइते

  • आइबार​ २४ जेठ २०८३ ०५:५७ AM
एजेन्सी । प्यालेस्टिनी स्रोतहरूकाअनुसार उत्तरी वेस्ट बैंकको नाब्लसस्थित हवारा शहरमा शनिवार इजरायली बस्ती बासिन्दाहरूले गरेको आक्रमणमा परी नौ जना प्यालेस्टिनी घाइते भएका छन् । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले दिएको जानकारीअनुसार दर्जनौंको संख्यामा आएका इजरायलीहरूले हवारा नगरपालिकाको भवनमा आक्रमण गरी त्यहाँका कर्मचारीहरूमाथि कुटपिट गरेका थिए । त्यसैगरी, उनीहरूले एउटा पशुफार्मभित्र केही मानिसहरूलाई घेराबन्दीमा समेत पारेका थिए