बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी

  • शनिबार २३ जेठ २०८३ १२:१३ PM
खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला क्षेत्रमा बाढीले सडक बगाएपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । शुक्रबार साँझ परेको भारी वर्षापछि आएको बाढीले सडक कटान गरी करिब २५-३० मिटर भाग क्षति पुर्‍याएपछि भोजपुर–काठमाडौं र भोजपुरतर्फ आवतजावत गर्ने बस, सुमो र मोटरसाइकलहरू बीचमै रोकिएका छन् । नगर उपप्रमुख विशन राईका अनुसार