जेठ २३, कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द भएका छन् । तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी बिदा दिइएको हो । नगर कार्यपालिकाको कार्यालयको जेठ २२ गतेको निर्णयअनुसार जेठ २५ गतेदेखि २७ गतेसम्म विद्यालयमा गर्मी बिदा