नेपाल–भारत सम्बन्धमा आर्थिक सहकार्यमा जोड : परराष्ट्रमन्त्री खनाल

  • आइबार​ २४ जेठ २०८३ ०४:०० AM
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई अब आर्थिक सहकार्य, लगानी, सम्पर्क सञ्जाल र रोजगारी सिर्जनामा केन्द्रित नयाँ चरणमा लैजाने बताएका छन्। भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यम दी इकाेनाेमिक टाइम्सलाई दिएको विशेष अन्तर्वार्तामा उनले नेपाल सरकारले भारतसँगको नीतिलाई ‘स्वच्छ सुरुवात’ को आधारमा अघि बढाइरहेको स्पष्ट पारे। उनका अनुसार हालको प्राथमिकता पुराना प्रतिबद्धतालाई परिणाममा बदल्दै व्यवहारिक सहकार्य विस्तार