परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई विगतका घर्षण र विवादबाट माथि उठाएर नयाँ आधारमा पुनर्संरचना (रिसेट) गर्नुपर्ने समय आएको बताएका छन्। उनले दुई देशबीचको सम्बन्धलाई भावनात्मक बहसमा सीमित नगरी तथ्य, प्रमाण र ठोस नतिजामा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्। भारतीय टेलिभिजन च्यानल एनडिटिभीका वरिष्ठ कार्यकारी सम्पादक आदित्य राज कौल सँगको विशेष अन्तर्वार्तामा मन्त्री खनालले बालेन शाह