‘नेपाली ब्रो’ नामले चिनिने टिकटकर कुमार थापा मगरले पत्नी ईश्वरी भुजेलको हत्यापछि वालाजु प्रहरी बृत्तमा पुगेर आफन्तहरुले कडा कारवाहीको माग गरेका छन् । शुक्रबार बेलुकी तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा स्कुटीमा सवार ईश्वरीको टाउकोमा कुमारले रड प्रहार गरी हत्या गरेका थिए । हत्यारालाई कडा कारवाहीको माग राख्दै आफन्त र शुभेच्छुकहरुले प्रहरी कार्यालय वालाजु अगाडि नारावाजी समेत