काठमाडौँ । नगर प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति हुनुभएका विष्णुप्रसाद जोशीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । काठमाडौँ महानगरपालिकाकोे सभा कक्षमा आयोजिक एक समारोहमा कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । दर्ज्यानी चिन्ह सुशोभन अवसरमा प्रवक्ता नविन मानन्धर, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार, सामाजिक समितिका संयोजक रामकुमार के