परराष्ट्र मन्त्रालयले नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन शाहले संसद्मा व्यक्त गरेको अभिव्यक्ति दशगजा क्षेत्र अतिक्रमण तथा ‘क्रस–बोर्डर अकुपेसन’ (सीमा वारपारको जग्गा भोगाधिकार) को सन्दर्भमा आएको स्पष्ट पारेको छ । सीमा सुरक्षामा खटिएको सुरक्षा निकायले उपलब्ध गराएको तथ्यका आधारमा आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारत दुबै पक्षबाट एकअर्काको देशको सीमा मिचिएको जानकारी गराएका हुन् ।