नेपालमा नसर्ने रोगहरू (उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली र श्वासप्रश्वाससम्बन्धी रोग) समयअगावै हुने मृत्युका प्रमुख कारणका रूपमा देखापरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल मृत्युको करिब ७१ प्रतिशत हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ । साथै, सन् २०३० सम्म यो दर ७९ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ । यस्ता रोगहरूले व्यक्ति,