आजको शेयर बजार : नेप्से ४४ अंकले बढ्यो, ३ अर्बमाथिको कारोबार

काठमाडौँ - सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो  अंकले बढेको छ । नेप्से बढेसँगै कारोबार रकम उच्च वृद्धि भएको छ ।

नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा पुग्दा ३ अर्बमाथिको सेयर कारोबार भएको छ । आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँमा खरिदबिक्री भएको हो ।

दोहोरो अंकले बढेको सेयर बजारमा करिब १० कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड बढि मूल्यको कारोबार भयो ।

रिलायबल नेपाल लाइफको १३ करोड र शिवम् सिमेन्टको १० करोड बढी मूल्यको सेयर कारोबार भयो । कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन् । हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक ५.३१ प्रतिशतले बढेको छ ।