पूर्वी चीनको जियाङसुमा आँधीका कारण १० जनाको मृत्यु

 काठमाण्डौँ - पूर्वी चीनको जियाङ्सु प्रान्तका विभिन्न सहरमा मंगलबार भएको भीषण हावाहुरीसहित भएको वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।

प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आँधीका कारण यान्चेङ र सुकियान शहर सबैभन्दा बढी प्रभावित भएका छन् । सुकियानमा साँझ ५ बजेर २० मिनेटमा डाक्सिङ र नानकाई नगरमा आँधीको धेरै प्रभाव परेको छ ।

मंगलबार भएको विस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । प्रारम्भिक अनुसन्धानमा पाँच हजार ५१२ जना प्रभावित भएको, १३७ घर भत्किएको, ४१ दशमलव ८ हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुगेको र ४०५ जनालाई अस्थायी रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उल्लेख छ । सिन्ह्वा