प्रधानमन्त्री दाहाल भोलि इटाली जाँदै

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिबार बेलुका इटाली जाने भएका छन् । 

युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन प्रधानमन्त्री दाहाल साउन ६ गते इटाली जान लागेका हुन् । दाहाल इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री दाहालको भ्रमण दलमा २० सदस्य रहनेछन् ।