प्रधानमन्त्री आलीद्धारा सात बुँदे सहमति सार्वजनिक, दुई वर्षपछि सरकारको नेतृत्व  देउवाले गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति सार्वजनिक  गरेका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा सहमति सार्वजनिक गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने बताएका हुन् ।

उनले सातबुँदे सहमतिमा  विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, सरकार दुई वर्षसम्म केपी शर्मा ओलीले र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने,  समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने रहेको उल्लेख गरेका छन् ।