कांग्रेस सांसद सुनिल शर्माद्धारा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग

काठमाडौँ - बुधबार विमानस्थलबाट करिब सय किलो सुन बरामद भएपछि नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आजको बैठक मार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन ।

उनले विमानस्थलबाट भइरहेको सुन तस्करी रोक्न नसकेकोले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्ड पत्नी शोकमा रहेका बेला पारेर सुन तस्करी भएको बताउँदै उनले प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा प्रधानमन्त्रीलाई भने धन्यवाद दिनुपर्ने बताए ।

प्रतिनिधि सभाको बैठक नभएको बेला यस्ता विषयमा संसदीय समितिमा उठाउन जरुरी रहेको भन्दै देश लुट्न कुनै मन्त्रीलाई छुट नरहेको बताए ।
नेपालमा पहिलो पटक धेरै परिणमा सुन बरामद गरेको हो । यसअघि ८४ किलोसम्म बरामद गरेको थियो ।