प्रतिनिधिसभा बैठक आज पनि बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

 काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दै छ ।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।