मन्त्रिपरिषद् बैठकका निर्णयहरू के-के छन् ? 

काठमाडौँ - साइबर अपराध र बैंकिङ कसुरका मुद्दाहरू अब सबै जिल्ला अदालतमा चल्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकले साइबर अपराध र बैंकिङ कसुरका मुद्दाहरूको कारबाही र किनाराको अधिकार सबै जिल्ला अदालतलाई तोकेको हो ।
हालसम्म साइबर अपराधको मुद्दाको सुरु कारबाही काठमाडौं जिल्ला अदालतमा र बैंकिङ कसूरका मुद्दाहरुको सुरु कारबाही उच्च अदालतबाट हुने गरेको थियो ।

बैठकले महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि १९८९ को सातौं आवधिक प्रतिवेदन समितिमा पठाउन स्वीकृत दिने, रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ओमानमा हुने एक सम्मेलनमा सहभागिता जनाउन स्वीकृत दिने र नेपाल सरकार बेलायत सरकारबीचको दुईपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।