टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुँदै

काठमाडौँ - जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल अस्ट्रेलिया र बंगलादेशबीच खेल हुँदै छ । एन्टीगास्थितसर भीभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरु भएको छ । 

जारी विश्वकपमा अस्ट्रेलियाले समुह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो । त्यस्तै बंगलादेशले भने समुह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो । सेमिफाइनलको दौडका लागि सुपर आठको समुह एक मा रहेका दुवै देशका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

अहिलेसम्म अस्ट्रेलिया र बंगलादेशबीच कुल १० टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा अस्ट्रेलियाले ६ खेल जितेको छ भने बंगलादेशले ४ खेल जितेको छ । त्यस्तै आज दोस्रो खेल सुपर आठको समुह २ मा रहेका इङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८:१५ बजेदेखि शुरु हुने छ ।