आजको शेयर बजार : नेप्से ५.८८ अंकले बढ्यो, १ अर्ब ६० करोडको कारोबार

काठमाण्डौँ - साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । आइतबार नेप्से परिसूचक ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१४ अंकले बढेर ३५८.३३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ । यसको आज ६ करोड भन्दा बढीको कारोबार भएको छ । त्यस्तै क्रमश राष्ट्रिय बीमा कम्पनी र तारागाउँ होटलको कारोबार भएको छ ।