'नक्कली शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने काम नहोस्' : अध्यक्ष ओली

काठमाण्डौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई छोड्ने र निर्दोषलाई फसाउने प्रयास भइरहेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारले निर्दोषलाई फसाउने प्रयास गरिरहेको बताएका हुन् ।

यो भ्रष्टाचारको कारबाहीलाई निष्पक्ष र तटस्थ ढंगले कोही पनि अपराधी नउम्कने गरी निर्दोष कोही नफसोस् । म तथ्य प्रमाणसहित भन्छु दोषीलाई उम्काउने प्रयास भइरहेको छ । निर्दोषलाई फसाउने कोशिस भइरहेको छ ।

 यो कुरा बन्द गरियोस्,’ अध्यक्ष ओलीले भने, ‘हामी सधैँ भ्रष्टाचारीलाई कारबाही गरियोस् भन्ने पक्षमा छौँ। अहिले निर्दोष फसाउने र दोषी उम्काउने काम भइरहेको छ’, उनले भने, ‘यो कुरा भोलि अझै भयावहरुपमा निस्किन्छ। आगो छोप्न सकिन्छ तर धुवाँ छोप्न सकिँदैन’।