सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि सुरु हुने

 काठमाडौँ - सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि सुरु हुने भएको छ । संघीय संसदका दुवै सदनमा छुट्टाछुट्टै बैठक बसेर नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।

बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा आज प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्ने भएका छन् । नीति कार्यक्रममाथि केही सांसदले संशोधन दर्तासमेत गराएका छन् ।