सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन महानगरलाई सर्वोच्चको आदेश


काठमाडौँ - सर्वोच्च अदालतले सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।

शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आदेश प्राप्त भएको मितिले तीन दिनभित्र सङ्कल गरी फोहोर उठाई विसर्जन गर्न गराउन काठमाडौं महानगरको नाममा अन्तरिम आदेश जारी गरेको हो।