'अहिलेको गठबन्धन सत्ता समीकरण मात्रै हो' : प्रधानमन्त्री दाहाल 

कैलाली - प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको गठबन्धन राजनीतिक सत्ता समीकरण मात्रै भएको बताएका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन आएका प्रधानमन्त्री प्रचण्डले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अहिलेको गठबन्धनलाई राजनीतिक सत्ता समीकरणका रुपमा मात्र बुझ्न आग्रह गरे । ‘अहिलेको समीकरण वामपन्थीको मात्र हैन, वाम एकता भन्नु सही पनि छैन, वाम–गैरवाम सबै छन्’, प्रचण्डले भने, ‘गठबन्धनलाई सत्ता समीकरणको रूपमा लिएका छौं ।’ तत्काल वामपन्थी एकता पनि सम्भव नभएको उनले बताएका छन् ।