१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ । पाल्पामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पाल्पाको रम्भा गाउँपालिका-२ बस्ने ४८ वर्षीय अम्बर बहादुर सारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

ती बालिकालाई सारूले गत कात्तिक १३ गते पीडितकै घरमा जबरजस्ती करणी गरेको र सोही कारण बालिकाको पेटमा गर्भ रहन गएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।