इम्बोस्ड नम्बर प्लेट जडानमा सरकारले फेरि कडाइ गर्ने 

वैशाख ८, काठमाण्डौँ । पटक–पटक छलफल र निर्णय भएर पनि पूर्ण कार्यान्वयन हुन नसकेको सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानमा सरकारले फेरि कडाइ गर्ने भएको छ ।

सरकारले नम्बर प्लेटमा आधा नेपाली र आधा अंग्रेजी भाषा राख्ने गरी तयारी थालेको हो । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लिखित जवाफ पर्खिरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।