शर्मिला वाइबालाई थप दुई दिन थुनामा राख्न अनुमति

काठमाडौँ ।  युट्युबमा विभिन्न किसिमका फन्डा गर्दै भाइरल बनेकी शर्मिला वाइबालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि सातौँ पटक म्याद थप गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

हास्यकलाकार पवन खतिवडा  ‘म्याकुरी’लाई वाइबाले कुटपिट गरेको भन्दै महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएसँगै उनलाई फागुन १६ गते पक्राउ गरिएको थियो । वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो । 

घरायसी विवादमा वाइबाले हस्तक्षेप गर्दै आक्रमण गरेको खतिवडाको आरोप छ ।