१८ दिनदेखि बेपत्ता पुरुष मृत फेला  

काठमाडौँ । अठार दिनदेखि बेपत्ता रहेका यहाँका एक पुरुष मृत फेला परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका- ३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेका हुन् ।

गएको फागुन १९ गतेदेखि हराइरहेका बोहरा नौलीगाड भन्ने स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशी नेतृत्वको टोली घटनास्थल पुगेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।