आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना !

काठमाण्डौँ - देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो प्रदेश १ लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने र देशको उच्च पहाडी भूभागमा हल्का हिमपात हुने पनि विभागले जनाएको छ । त्यस्तै, आज राति प्रदेश १ र कर्णाली प्रदेशका केही भूभागमा हल्का हिमपात हुनेछ । 

सोहीअनुसार भोलि बुधबार दिउँसो प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली कायम रहने छ । एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यसैबीच, फागुन ११ गते बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।