मकवानपुरमा फेरि जंगली हात्तीको ताण्डव, एक महिलाको मृत्यु

 हेटौंडा - पश्चिम मकवानपुरमा फेरि जंगली हात्तीको आक्रमण शुरू भएको छ । हात्तीको आक्रमणबाट सोमबार एक वृद्धाको मृत्यु भएको छ ।

गाउ“पालिकाको हा“डीखोला क्षेत्रमा जंगली हात्तीले आइतबार सा“झबाट आतंक मच्चाएको थियो । आइतबार सा“झ उक्त क्षेत्रमा देखा परेको हात्तीको आक्रमणबाट सोमबार बिहान करेसाबारीमा काम गरिरहेकी मनहरी गाउ“पालिका–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारीलाई हात्तीले आक्रमण गर्दा उहाँको सोमबार साँझ मृत्यु भएको हो ।

हात्तीले अधिकारीलाई आक्रमण गरेस“गै आक्रोशित स्थानीयले निकुञ्जका कर्मचारी र नेपाली सेना बस्दै आएको पोस्टमा तोडफोड गरेका छन् । पोस्टनजिक स्थानीयले आगजनी पनि गरेका छन् ।