आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु  

काठमाडौँ । गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । छोरीको शुक्रबार नै उपचारका क्रममा मृत्यु भएको थियो ।

श्रीमान् परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको थियो । मायाका श्रीमान्‌लाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही थालेको छ ।