सुनको मूल्य घट्यो, तोलाको कति छ ? 

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रति तोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।