माओवादीको समर्थन प्राप्त गर्न राष्ट्रपतिमा माधव नेपालको चर्चा

काठमाडौं - राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै भावी राष्ट्रपतिका विषयमा चर्चा सुरु भएको छ। फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्र्ता गर्ने दिन हो, तर दलहरुले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्न सकेका छैनन्।

पूर्व सहमति अनुसार राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय एमालेले गरिसकेको छ। तर, उम्मेदवार सार्वजनिक गरेको छैन। बरु अध्यक्ष केपी शर्मा ओलीले भावी राष्ट्रपतिमा माधव नेपालको नाम अघि सारेको चर्चाले राजनीति बजार चुलिएको छ।

वर्तमान गठबन्धन कायम राख्न ओलीले माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्ने संकेत प्रधानमन्त्री प्रचण्डले गरिसकेका छन्। यस्तो अवस्थामा माओवादीले त माधव नेपाललाई स्वीकार्छ नै, कांग्रेसलाईसमेत धर्मसंकेत पर्ने देखिएको छ।

एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता गर्ने दिन घोषणा गर्ने बताइसकेका छन्। माओवादी केन्द्रले एमाले उम्मेदवारलाई राष्ट्रपति स्वीकार्न नसक्ने बताएपछि ओली दबावमा परेका छन् र उनी आफ्नै खेमाबाट राष्ट्रपति बनाउन चाहन्छन्।