सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौँ महानगरको आग्रह  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललितानिवास क्षेत्र सात दिनभित्र खाली गर्न आग्रह गरेको छ ।

विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र उक्त क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न निर्देशन दिएको हो ।

सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्य  महानगरपालिकाको भएको महानगरले जनाएको छ ।

“यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सम्बद्ध सरोकावालालाई सूचित गरिन्छ,” महानगरले भनेको छ ।

सूचनामार्फत सम्बद्ध सरोकावालालाई सूचित गरिन्छ,” महानगरले भनेकाे छ ।

2-1708479095.PNG