सभामुख घिमिरेद्धारा संघीय संसद्को महासचिवमा डा.पद्यप्रसाद पाण्डेको नाम सिफारिस  

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय संसद्को नयाँ महासचिवमा डा। पद्यप्रसाद पाण्डेको  नाम सिफारिस गरेका छन् ।

आइतबार संसद्को विषयगत समितिका सभापतिहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले आफूहरुले गरेको नियुक्तिको प्रक्रिया छिट्टै टुंगिने आशा व्यक्त गरेका हुन् ।

‘हामीले संघीय संसद्को महासचिवका लागि नाम सिफारिस गरेका छौँ । हाम्रो सिफारिसलाई टुंग्याउने ठाउँबाट टुंग्याउला । छिट्टै टुंगिने कुरामा म विभिन्न कोणबाट आशावादी छु । यसमा अन्य कुरा केही छैन’, घिमिरेले भने ।

मंसिर २५ गते तत्कालीन महासचिव डा.भरतराज गौतमले राजीनामा दिएपछि २७ मा पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिव बनाइएको थियो ।