पूर्वराजा ज्ञानेन्द्र शाहले गरे हेटौँडामा पुजाआज 

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार हेटौँडामा रहेको विभिन्न मन्दिर तथा गुम्बामा पूजाआजा गरेका छन्।

त्यस क्रममा उनलाई सर्वसाधारणले स्वागत गरेका थिए। उनको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न ठाउँमा स्वागतद्वार बनाएको थियो।

बारा हुँदै हेटौँडा आएका पूर्वराजा शाहले चुरियामाईको दर्शन गरेका थिए। त्यस्तै उनले हेटौँडा बजारमा रहेको गुम्बा तथा भुटनदेवी मन्दिरमा पनि पूजाआजा गरेका थिए।