तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन बिपी प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानका उपकुलपति डा.प्रह्लाद कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिएका थिए।

प्रधानमन्त्री प्रचण्डले गत मंगलबार स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए।