जागिर खाने नाममा देशको कानून उल्लंघन नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानून उल्लंघन नगर्न आग्रह गरेका छन् । आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री दाहालले रुस, युक्रेन सेनामा नेपालीहरु भर्ती भएको विषयबारे जानकारी दिँदै जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीति विपरित, संविधानको मर्म विपरित, संविधानको मर्म विपरित र लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरित सेनामा भर्ती नहुन आग्रह गरे ।

उनले विगतमा सम्झौता भएका भारत र इंग्ल्याण्ड बाहेक अन्यत्र कतै पनि नेपाली युवाहरुलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको जिकिर गरे । उनले रुसलाई युगाण्डा भ्रमणका क्रममा पनि नेपाली युवाहरु सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फर्काइदिन आग्रह गरिएको बताए ।
 

प्रधानमन्त्री दाहालले रुस र युक्रेनमा नेपालीहरु सेना भर्तीको विषयलाई सरकारले गम्भीर रुपमा लिइरहेको बताए ।