सभामुखले घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै

काठमाडौैँ ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्नु हुनेछ ।

सभामुख घिमिरेले आइतबार बिहान ११ बजे समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका हुन् । 

समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्ने जनाइएको छ ।