स्क्वायर होटलकी सञ्चालक ललिता भण्डारी ज्यान उद्योगको कसुरमा पक्राउ

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। होटल सञ्चालक ललिता भण्डारीलाई जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान उद्योगको कसुरमा शनिबार पक्राउ गरेको हो ।

गत भदौ १५ गते जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य उक्त होटलको स्वीमिङ पुलमा करेन्ट लागेर गम्भीर भएका थिए । होटलको छतमा रहेको स्वीमिङ पुलमा परिवारसहित सजिलमानलाई करेन्ट लागेपछि तत्तकाल अस्पताल लगिएको थियो ।

उनी घाइते भएपछि परिवारले उक्त होटलका सञ्चालकविरुद्ध पुस २९ गते ज्यानसम्बन्धि कसुरमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अदालतबाट पक्राउ अनुमति लिएर शनिबार ललितालाई पक्राउ हो ।