नगर प्रहरीले फुटपाथमा सामान राख्न नदिएपछि व्यवसायीले घेरे महांनगर कार्यालय

काठमाडौँ । काठमाडौँ महानगरपालिका अगाडि फुटपाथ व्यवसायीहरुले प्रदर्शन गरेका छन्। आइतबार साँझ ८ बजेतिर महानगर प्रहरीले फुटपाथ व्यवसायीहरूको समान उठाइदिए पछि उनीहरु महानगर घेरेका हुन् । 

उनीहरुले आफ्नो सामान फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन जारी राखेका छन्। महानगर प्रहरीले रत्नपार्क र सुन्धारा क्षेत्रबाट उनीहरुको सामान जफत गरेको थियो। करिब सय जनाको संख्यामा उपस्थित प्रदर्शनकारीले साँझ साढे ८ बजेदेखि महानगर अगाडि प्रदर्शन थालेका हुन्।