निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा नेविसंघको  प्रदर्शन, एक दर्जन बढी प्रदर्शनकारी पक्राउ  

काठमाडौँ । निषेधाज्ञा हटाउनुपर्ने मागसहित सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माइतिघरमा विरोध प्रदर्शन गरेको छ ।

आइतबार संघका काठमाडौँ जिल्ला कार्यसमितिका कार्यकर्ताले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर नै पुगेर विरोध प्रदर्शन गरेको हो ।

प्रर्दशनमा उनीहरुले  ‘माइतीघरको निषेधाज्ञा खारेज गर !, अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए । प्रदर्शनको क्रममा करिब एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।