कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल फ्रान्स प्रस्थान

  • सोमबार ४ जेठ २०८३ १२:०२ AM
काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गर्नुभएको छ । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उहाँ फेस्टिभलमा भाग लिन जानुभएको हो । फेस्टिभलका विभिन्न सत्रका कार्यक्रममा भाग लिएर उहाँ ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।  कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले कार्यवाहक प्रमुख डंगोललाई पठाउनुभएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन-एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेन बारे जान्न सजिलो हुनेछ ।’ प्रमुख डंगोल फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ ।  यस वर्ष फेस्टिभलका लागि नेपालबाट अविनाश विक्रम शाहको इलिफेन्ट इन द फग चलचित्र प्रदर्शन हुँदैछ ।  राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)बाट वि