काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिरहेको ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षणमा २ हजार ७५ जनाको विवरण संकलन गर्दा १०८ जनालाई तत्काल अस्पताल लगेर उपचार गर्नु पर्ने अवस्थाको भेटिनुभएको छ । उहाँहरुको अवस्था जाँच गरेपछि सर्वेक्षण टोलीले उपचार गर्न तत्काल अस्पताल पठाउन सहजीकरण गर्ने गरेको छ । उमेरका हिसाबले सबैभन्दा पाको १०४ वर्षको हुनुहुन्छ । वैशाख २३ गतेसम्ममा संकलित विवरण हेर्दा १ हजार ३७० जना महिला र ७०५ जना पुरुष गरी २ हजार ७५ जनाको विवरण संकलन भएको छ । उहाँहरुमध्ये १ हजार ९४६ जना परिवारसँगै हुनुहुन्छ । १०८ जना सहयोगीबाट साथ लिएर एक्लो जीवन विताइ रहनुभएको छ । आफन्त र नातेदारको आश्रयमा २१ जना हुनुहुन्छ । ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सर्वेक्षणका लागि महानगरपालिकाले २०८२ माघ १८ गतेदेखि सबै वडामा स्वास्थ्यकर्मीको टोली खटाएको छ । टोलीले ८४ वटा प्रश्नावलीको जवाफ, ज्येष्ठ नागरिकहरुले विताइरहेको जीवन स्तरको भौतिक र शारीरिक अवस्थाका आधारमा स्वास्थ्य सर्वेक्षण भइरहेको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के